०१ असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा छ ।युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४० पैसा र विक्रिदर २४ रुपैयाँ ५४ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।