
काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् ।
राउतले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् ।
महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेको अदालत स्रोतले बताएको छ ।
उनीहरूका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन् ।
उनकी श्रीमती रानी भारतीय नागरिक हुन् । रानी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएकोलगायतका विषयहरू राउतले उल्लेख गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।