
धादिङ ।
६ वर्ष अघि बलात्कार गरी फरार भएको घटना सम्बन्धी मुद्दाको जिल्ला अदालतले शुक्रवार फैसला सुनाएको छ ।
५७ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुर कायम गर्दै जिल्ला अदालतले नीलकण्ठ नगरपालिका वडा नम्बर २ का चित्रबहादुर गुरुलाई ७ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले कसुरदारलाई ७ वर्ष कैद गर्दै २ लाख रुपैयाँ जरिवाना गर्न तथा पीडितलाई सो जरिवानाको रकम क्षतिपूर्ति दिन पैसला गरेकी हुन् ।
०७५ साउन २७ गते कसुरदारले महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । सोही दिन जिल्ला अदालत धादिङमा पीडितको स्वास्थ्य परीक्षण भएको थियो । ०७५ पुस २४ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा संलग्न चित्रबहादुर गुरुङ फरार भएकोले मुद्दा ०७६ कात्तिक २५ गते मुल्तबीमा राखिएको थियो ।
सर्वाेच्च अदालतले २ वर्ष पुराना मुद्दा बाँकी नराख्नु भन्ने आदेश र जिल्ला अदालतको पुराना मुद्दाको किनारा लगाउने निति अन्तर्गत ०८० माघ १२ गते मुद्दा मुल्तबीबाट जगाइएको थियो । हालपनि कसुरदार फरार छन् ।
यसैगरी जिल्ला अदालतले शुक्रवार १४ वर्षीया बालिका बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) गरेको कसुरमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का ५२ वर्षीय राजु श्रेष्ठलाई ९ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
कसुरदार ठहरिएका श्रेष्ठबाट ३ लाख ५० हजार जरिवाना गर्ने र पीडितलाई १ लाख जरिवाना भराउन जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले फैसला गरेकी हुन् । कसुरदारले ०८१ वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरी जेठ ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता भई कसुरदार पुर्पक्षका लागि थुनामा थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।