०२ असोज , एजेन्सी – पर्समा आमाको फोटो देखे पछि एक चोरको मन पग्लियो र चोरेले पर्सलाई कुरियर गरेर पर्सको मालिकलाई फिर्ता गरे । हुनतः चोरले त्यहाँ भएको १२०० रुपैया फर्काएनन् । त्यो बाएक उसले पर्समा भएको सबै आवश्यक कुराहरु पैनकार्ड, ड्राइभिङ लाइसेन्स एव आधारकार्ड सहित अन्य सामान मध्य प्रदेशको होशंगाबाद स्थित अमर चोक निवासी मोहम्मद असलमलाई फिर्ता गरिदिए ।
पर्स पाएपछि असलमले भने कि २५ जुलाईमा उनी आफ्नो पत्नीको स्वास्थ्य चेक गराउनका लागि फरीदाबाद गएका थिए । त्यहि बेला उनी दिल्लीको सदर बाजारमा गए , जहा मटके भन्ने गल्लिमा उनको खोल्ती काटिदिए । त्यसपछि उनले दिल्लीको पुलिस ठानामा गएर रिपोर्ट गरे ।
असलमले भने ‘पर्स चोरी भएको करिब दुई महिना पछि मेरो घर घरमा कुरियर आयो । जब त्यो खोलेर हेरे त्यहाँ मैले मेरा हराएको पर्स पाए ।’ उनले भने, ‘पर्सको साथमा त्यो कुरियर एउटा चिट्ठी पनि थियो , जसमा एउटा नम्बर लेखिएको थियो ।’ उनले भने कि त्यो नम्बरमा फोन गरेर जब त्यस चोरसँग कुरा भयो त चोरले भन्यो कि १२०० रुपैयाको बाएक उनले सबै कुराहरु पठाएका छन् । चोरले त्यो यसकारण पठाए, किनकि त्यसमा पर्स मालिकको आमाको फोटो थियो ।
असलमले त्यस बाएक पर्स फिर्ता गर्नेलाई भने कि , ‘मैले पनि मेरो आमालै धेरै माया गर्छु । पर्समा आमाको फोटोले लाग्छ कि तपाई पनि आफ्नो आमालाई धेरै माया गर्नु हुन्छ । त्यसकारण पर्सलाई कुरियर गरेर पठाउनु भयो ।’ असलमले भने , ‘मैले दिल्ली पुलिस थानालाई पनि पर्स भेटिएको सूचना दिइसकेको छु ।’