बाजुरा।
संविधान दिवसको अवसरमा बाजुराका विभिन्न पालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको हो । संविधान जारी भएको नौ वर्ष पुरा गरी १०औं वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला समन्वय समिति बाजुराले उक्त दिवस मनाएको हो ।
बुधवार बेलुकी दीपावली र बिहीबार बिहान प्रभातफेरी गरी सदरमुकाम मार्तडी स्थित जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरेका थिए । मालिका माविका विद्यार्थीले नगरपरिक्रमा गरी संविधान दिवसको अवसरमा देशको मुल कानुन संविधान कार्यान्वयन सन्दर्भमा विचार बक्तब्यको आयोजना गरेको थियो । जिल्लाका नौवटै पालिका संविधान दिवसको अवसरमा स्थानीय लोकसंस्कृती अनुसार विभिन्न सांकृतिक कार्यक्रम गरी नेपालको संविधान कार्यान्वयन गर्न आम नागरिकको दायित्व रहेको धारण राखेका थिए । कार्यक्रमका बक्ताले “ देश नेतागत हैन ऐन कानुन र नीति नियम ” बमोजिम चल्नुपर्ने बिचार व्यक्त गरेका थिए ।
यसैवीच यो वर्षको संविधान दिवसको अवसरमा बाजुराबाट आठ जना कैदी बन्दी छुट्ने गरी सिफारिस स्वीकृत भई आएपनि अन्तिम चरणमा रोकिएको कारागार कार्यालय बाजुराका प्रमुख अनिलकुमार तिवारीले बताए । हामीले गत भदौमा ४० प्रतिशत जेलसजाय भोगेका र असल चालचलन भएका रुपेश भनिने रुपवहादुर रावत लगायतका आठ जनालाई सिफारिस गरी पठाएका थियौं ।आठैजना बन्दीको नाम स्वीकृत भएको वयभसाईटमा आईसेको थियो । अन्तमा कारगार ब्यबस्थापन विभिागबाट आवश्यक गृहकार्य नपुगेकोले संविधान दिवसको अवसरमा कैदीबन्दी फुकुवा नगर्नु भन्ने सूचना आएपछि बन्दी नछुटाएका हौं, कार्यालय प्रमुख तिवारीले भने । २५ जना कैदी बन्दीको क्षमता भएको जीर्ण कारागरमा हाल ७३ जना कैदीबन्दी राख्नु परेको छ । पछिल्लो समयमा अपाङ्ग कैदीबन्दी पनि आएका छन् । उनी न आँखा देखछन् न राम्ररी हात खुट्टा चलाउन सक्छन् । हामीसंग अपांगमैत्री कारागारको व्यवस्था छैन , कसरी ब्यवस्थान गर्ने तिवारीले भने ।
गत असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचान जारी गरेको थियो । दुई महिना पछि फेरी १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना प्रकाशन गरेको थियो । दुबै टोली संविधान दिवको अवसरमा असोज ३ मा छुट्ने बताइएको थियो । तर अहिले फेरी केही थप गेहकार्य गर्नुपर्ने भएकोले रोकिएको हो गृह श्रोतले भन्यो । यस अघि गणतन्त्र दिवसको अवसरमा पनि कैद कट्टा गरी कैदीबन्दी रिहा हुंदै आएका थिए । तर यो पटक गणतन्त्र दिवसको अवसरमा पनि रिहा भएका थिएनन् ।
विगतमा कैदीबन्दी रिहा गर्दा उनीहरुविरुद्ध उजुरी आह्वान गर्ने र पिडितको सहमती लिने प्रचलन थिएन। तर ब्यक्ती हत्यामा सजाय भुक्तान गरीरहेका बांकेका योराज ढकाल (रिगल) रिहा भएपछि पीडित पक्षले सर्बोचमा रिट जाहेर गरेका थिए ।
उक्त रिटको सुनुवाइ गर्दे तत्कालीन न्यायाधीस ईश्वर प्रसाद खतिवडा , सपनाप्रधान मल्ल र डा कुमार चुडालको पूर्ण इजलासले १६ कात्तिक २०८०मा पीडितको हक सुरक्षित हुनेगरी सहमती तथा मञ्जुरीनामा लिएर मात्र पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्ती सहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चत गरेर मात्र कैदीलाई रिहा गर्नु पर्ने फैसला गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।