
काठमाडौं ।
दुर्गा प्रसाईँ पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता पक्राउ परेका छन् ।
भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागेकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।