सर्लाही।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
इन्दुशंरक चिनी मिल अगाडि प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिपरले प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका – ७ घर भएका ४२ वर्षीय दीपक अधिकारीको स्थानीय नमुना अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।