
काठमाडौं ।
अत्यधिक रूपमा परेको अविरल वर्षाका कारण राजधानी उपत्यकालगायत देशभरमा ३ हजार ४ सय निजी घरहरूमा क्षति पुगेको छ। त्यस्तै, सरकारी भवनहरू ३ सयको हाराहारीमा क्षतिग्रस्त भएको विवरण सार्वजनिक भएको छ।
आइतबार रातिसम्म प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकापछि सबैभन्दा बढी भौतिक क्षति काभ्रेको रोशी गाउँपालिकामा परेको छ। भौतिक क्षतिको विवरण आउन बाँकी रहे पनि मुलुकभर ४० अर्बभन्दा बढी क्षति भएको आँकलन गरिएको छ। सरकारी सम्पत्तिसहित जनताको स्वामित्वमा रहेको सम्पत्तिको क्षति ४० अर्बको हाराहारीमा भएको निष्कर्ष सरकारले निकालेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अविरल वर्षाका कारण मानवीय क्षति व्यापक मात्रामा भएकाले उद्धार तथा सुरक्षित बासस्थानका लागि सुरक्षाकर्मी परिचालन हुुनु परेकाले भौतिक क्षतिको सबै विवरण भने आउन बाँकी रहेको जानकारी दिनुभयो ।
अहिले सुरक्षा निकाय विपद्मा परेकाहरूको उद्धार र सुरक्षित वासस्थानका लागि खटिएको कतिपय ठाउँमा राजमार्गहरू अवरुद्ध भएकाले अवरुद्ध राजमार्ग खुलाउन सुरक्षा निकाय परिचालन हुनु परेकाले भौतिक क्षतिको विवरण संकलनमा केही ढिलाइ भएको उहाँले जानकारी दिनुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।