
काठमाडौं ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आपतक़ालीन बैठकले असोज ११ र १२ गतेको भीषण वर्षाका कारण देशभर जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै विपत् प्रभावितहरूलाई निःस्वार्थ सहयोग गर्ने जनाएको छ।
महासङ्घले आफ्ना सबै सदस्य व्यवसायीहरूलाई अपिल गर्दै पीडित सर्वसाधारण जनताको सहयोगमा जुट्न भनेको हो।
महासङ्घका अध्यक्ष श्री तेबिन्द्र रत्न शाक्यले देशभरका व्यवसायीहरूलाई विपत् प्रभावितहरूलाई निस्वार्थ सहयोग गर्न अपिल गरिएको जानकारी दिए।
अध्यक्ष शाक्यले बाढी, पहिरो र डुबानबाट केही पार्टी प्यालेसको भौतिक संरचना र उपकरणहरु समेत क्षति भएको जानकारी समेत दिए। बैठकमा अति प्रभावित नागरिकलाई आफूहरूले सक्दो सहयोग गर्न तत्पर रहेको व्यवसायीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।