
बुटवल।
पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जना युवाको मृत्यु भएको छ । मंगलबार बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाइन्ट स्थित नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र मोटरसाईकिलको पछाडि सवार दाङकोे राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजय पण्डितले बताए ।
केही महिना पहिले पनि सो सडकमा कार दुर्घटनामा परि २ महिला १ पुरुष गरी ३ जनाको मृत्यु भएको थियो । सो सडक अहिले मृत्यु मार्गका रुपमा स्थापित हुँदै गएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।