०४ असोज , कावासोती – दसैं नजिकिइएसँगै बजार लक्षित सामग्री भन्सार छलेर नेपाल भित्र्याउने क्रम बढेको छ ।
वाइसिएल नवलपुर र वाइसिएल परासीले भन्सार छलेर नेपालमा प्रसस्त सामग्री आएको भन्दै त्यसलाई रोक्न पहलसमेत थालेको छ ।
यसै क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेको १६ लाख बराबरको कपडा नवलपरासीमा वाइसिएलले मंगलबार नियन्त्रणमा लिएको छ ।
लु १ ज ३३८९ नम्बरको बोलेरो जीपसहित प्रहरीले उक्त कपडा नवलपरासीको अरुणखोलाबाट नियन्त्रण लिएको हो । नारायणगढको रोज इम्पेक्स र राजु रेजिमेन्टका नाममा रहेको विल सहितको उक्त परिमाणको कपडा वाइसिएलले बरामद गरी दुमकिबास प्रहरीको रोहबरमा भन्सारको जिम्मा लगाएको वाइसिएल नवलपुरका संयोजक गणेश बिक गुरांसले बताए ।
यो खबर आजको दैनिक पत्रमा छ ।