०४ असोज , एजेन्सी – भारतको मंगलुरू भन्ने ठाउँको नजिक अदुमारोलीको एक घरमा चोरले ताला तोडेर भित्र घुसे र सुनको गहना र नगद चोरे तर दुई दिन पछि उनीहरुले लुटेको सबै सामान फिर्ता गरे ।
चोरले घरको मालिकलाई चोरीको सामान दिदै भने कि यस्तो बहुमूल्य सामान बैक लकरमा राख्न पर्ने भन्दै सुझाब दिए ।
शेखर कुदरको घरमा सेप्टेम्बेर १६ को दिन दिनदहाडे चोरी भयो जुन बेला उनी र उनको पत्नी आफ्नो आफ्नो अफिस गएका थिए ।
पुलिसका अनुसार चोरले घरको पछाडीको ढोका तोडे र गहना र १३००० भा.रू नगद लिएर गए । छिमेकीहरुले कुनै आवाज सुन्न सकेनन् किनकी त्यो बेला पानी परिरहेको थियो ।
बाइकमा एक दुई व्यक्तिले हिजो घरको अगाडी एउटा प्याकेट फेकेर गए । त्यसमा चोरीको सबै सामान थियो । साथमा एउटा पर्ची पनि थियो जसमा लेखिएको थियो कि उनीहरुले चोरी गरेर गलत गरेको भनेर लेखेका थिए ।
पुलिसले भने कि, “उनीहरुले सल्लाह दिए कि यति धेरै गहना घरमा राख्न नहुने र घरमालिकलाई बहुमूल्य सामान बैक लकरमा राख्न सल्लाह दिए ।” दुबै व्यक्ति भने प्याकेट फेकेर फरार भए ।
पुलिसले भने कि उनहरुले चोरको पहिचानको बारेमा केही छनकहरू पाएको पनि बताए ।