०५ असोज , रसुवा – अवैध रुपमा चीन लैजान लागेको डलरसहित एक महिला चिनियाँ नागरिक पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी गराउनु भयो ।\
वानको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको थियो । सो डलर रु ५१ लाख ३१ हजार ५०० बराबरको भएको बताइएको छ ।