उदयपुर।
उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा यही मंसिर ७, ८ र ९ प्रतियोगिता सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ ।
चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोगमा बेल्टार ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष महाप्रसाद राईले प्रतियोगितामा कोशी प्रदेशका चौध जिल्लाबाट खेलाडीहरु सहभागी हुने बताए । अध्यक्ष राईले बेल्टार ब्याडमिन्टन क्लबले यस अघि नगर स्तरीय, जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको बताउँदै अब प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले अब क्लबले राष्ट्रिय स्तरको समेत प्रतियोगिता आयोजना गर्न समेत प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा प्रतियोगिता तयारी समितिका सदस्य तथा ब्याडमिन्टन कोच सन्तोष कटवालले बेल्टार ब्याडमिन्टन क्लबको आयोजनामा हुने दोश्रो चौदण्डीगढी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा नेपाल ब्याडमिन्टन सङ्घको टप १० स्थान भन्दा बाहिरका प्रदेश स्तरीय मेन्स डबल्स ओपन, सङ्घको टप १० स्थान भन्दा बाहिरका प्रदेश स्तरीय मिक्स डबल्स ओपन र जिल्ला स्तरीय ए डिभिजन तथा बी डिभिजन प्रथम बाहेकका कोशी प्रदेशका जिल्ला स्तरीय मेन्स डबल्स ओपनका साथै प्रदेश स्तरीय मास्टर डबल्स ४५ प्लस सहभागी हुने जनाकारी दिए ।
प्रतियोगितामा प्रदेश स्तरीय मेन्स डबल्स ओपन तर्फ प्रथम हुने टोलीलाई ३५ हजार, दोश्रो हुने टोलीलाई २० हजार, तेश्रो हुने टोलीलाई १५ हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । प्रदेश स्तरीय मास्टर डबल्स ४५ प्लस तर्फ प्रथम हुने टोलीलाई २५ हजार, दोश्रो हुने टोलीलाई १५ हजार, तेश्रो हुने टोलीलाई १० हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ हजार । त्यस्तै प्रदेश स्तरीय मिक्स डबल्स तर्फ प्रथम हुने टोलीलाई २० हजार, दोश्रो हुने टोलीलाई १२ हजार, तेश्रो हुने टोलीलाई ८ हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ हजार । भने जिल्ला स्तरीय मेन्स डबल्स तर्फ प्रथम हुने टोलीलाई २० हजार, दोश्रो हुने टोलीलाई १२ हजार, तेश्रो हुने टोलीलाई ८ हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ हजार ।
प्रतियोगितामा सहभागी हुन आउने सम्पूर्ण खेलाडीहरुलाई आयोजकले प्रतियोगिता अवधिभर प्रत्येक दिन बिहानको खाजाको ब्यबस्थापन गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने टोलीले सहभागिता शुल्क तिर्नु पर्ने छ । प्रदेश स्तरीय मेन्स डबल्स ओपन र प्रदेश स्तरीय मास्टर डबल्स ४५ प्लसले प्रतियोगितामा सहभागी हुन प्रति टोली २ हजार बुझाउनु पर्ने छ भने प्रदेश स्तरीय मिक्स डबल्सले १५ सय र जिल्ला स्तरीय मेन्स डबल्स टोलीले १ हजार शुल्क बुझाउनु पर्ने छ ।
प्रतियोगितामा पहेलो कार्ड, रातो कार्ड र कालो कार्ड पाउने खेलाडीहरुले क्रमश १ हजार, २ हजार र ५ हजार जरिवाना तिर्नु पर्ने छ । जरिवाना नतिर्ने खेलाडीहरुलाई अन्य कुनैपनि प्रतियोगितामा सामेल गराइने छैन ।
बिहीबार पत्रकार सम्मेलनमा आयोजकले दोश्रो चौदण्डीगढी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा राष्ट्रिय स्तरका म्याच रेफ्रीले खेल खेलाउने समेत जानकारी दिएका थिए । प्रतियोगिताको टिम दर्ता सुरु भैसकेको र टिम दर्ता मंसिर ५ गते सम्म गर्न सकिने समेत जानकारी गराइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।