नवलपरासी।
पिकनिक जाँदा यही कात्तिक १२ गतेदेखि हराएकी एक किशोरीको शव फेला परेको छ ।
विहिबार साँझ मध्यविन्दु १५ काेलकट्टा स्थित नारायणी नदीमा किशोरीको शव फेला परेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ जेसी शाहले बताए।
स्थानीय कुमारवर्ती माविबाट बन्दिपुर पिकनिक गएर फर्कने क्रममा मुग्लिङ नारायणगढ खण्डकाे तीन नम्बर पुल त्रिशूली किनार नजिक शौच जानेक्रममा उनी हराएकी थिइन । किशोरी हराए लगत्तै मुग्लिङ प्रहरी, विद्यालय शिक्षक,अभिभावक लगायतले उनको खोजी कार्य गरिरहेका थिए ।
नदी किनारमा २०/२१वर्षकाे युवतीकाे लास देखा परेको भनी स्थानीय मछुवारले प्रहरीलाई दिएको खबर पछि किशोरी हजुरबुबा सिताराम महताेले उक्त शव आफ्नै नातिनी १९ वर्षीय बिपना चाैधरीकाे रहेकाे पहिचान गरेका हुन् ।
किशोरीको शवलाई पाेष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको प्रनाउ शाहले बताए । स्थानीय कुमारवर्ती माविको कक्षा १२ मा अध्ययनरत किशोरी बिपना मध्यविन्दु ४ लुसलहरी निवासी हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।