रामेछाप ।
प्रविधिको प्रयोगका कारण पुराना पुस्ताले प्रयोग गर्ने पानी घट्टा अहिले लगभग विस्थापित भएको छ । केही वर्ष अघि सम्म हाम्रा बाउबाजेले कुटानी पिसानीको लागि प्रयोग गदै आएको पानी घट्टा परिमार्जन गरेर रामेछापका एक व्यक्तिले बिजुली घट्टा बनाएका छन् ।
खाँडादेवी गाउँपालिका ७ का यमबहादुर मगरले बिजुलीको मोटरबाट चल्ने ढुङ्गे घट्टा बनाएका हुन् । विगतमा खोलाको पानी कुलोमा ल्याएर अग्लो ठाउँबाट पानी झारी घुमाइने घट्टलाई मगरले घरमा नै बिजुलीको मोटरबाट चल्ने बनाएका छन् ।
पानीबाट घुमाउँदा भन्दा मोटरले घुमाउने घट्टले छिटो पिस्ने र स्वादमा पनि उही रहने मगरले बताए । पानी घट्टलाई मोटर घट्टा बनाउने आफ्नै सिप रहेको मगरले बताए । बिजुलीले त्यत्रा मेसिन त घुमाउँछ भने यो घट्ट किना नघुमाउला भन्ने लाग्यो । परम्परागत रूपमा बाबुले खोलामा चलाउँदै आउनुभएको घट्ट निकालेर घरमा ल्याएको उनले बताए ।
बिजुलीबाट ढुङ्गे घट्ट चलाउँछु भनेपछि यमबहादुरलाई घट्ट चलाउन चाहिने मोटर आफूले किनिदिने बचन दिएको खाँडादेवी गाउँपालिका–७ का वडाध्यक्ष सिरेलाल तामाङ बताए । घट्ट सञ्चालनमा ल्याएकोले मोटर किनेको खर्च वडाध्यक्ष तामाङ व्यवस्थापन गरिदिने बचा गरेको सञ्चालक यम बहादुर मगरले बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।