उदयपुर ।
उदयपुरको दुई अलग अलग ठाउँमा भएको ट्र्याक्ट् दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
बिहिबार उदयपुरगढी गाउँपालिका वडा नं २ गेर्खेमा उदयपुरगढी तिरबाट ताप्लीतर्फ जाँदै गरेको प्र १( ००२ त ९६१ नं को खाली ट्रयाक्टर आफै अनियन्त्रित भै सडकबाट करिब ५० मिटर झरेको थियो ।
ट्रयाक्टर चालक भोजपुर हतुवागढी गाउँपालिका २ बस्ने वर्ष १९ को निरज मगरको घटनास्थलमै ज्यान गएको र सहचालक उदयपुर ताप्ली गा. पा का २ बस्ने २२ वर्षका रमेश श्रेष्ठ घाइते भै उपचारकालागि कटारी अस्पताल लगिएकोमा पछि थप उपचारकालागि बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।
सवारी दूर्घटनामा ज्यान गुमाएका मगरको लास पोष्ट मार्टमकालागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक कार्कीले बताए ।
यसैगरी बिहिबार नै रौतामाई गाउँपालिका वडा नं १ डहरस्थित भित्री सडक खण्डमा उदयपुर कै लिम्चुङबुङबाट डहरमा लागेको मेला तर्फ आउँदै गरेको प्र ३(००१ त ८१९० नं को ट्रयाक्टर आफैँ अनियन्त्रित भै सडक साइडमा पल्टदा सोही ट्रयाक्टरमा सवार भएका रौतामार्य १ डहरका ४० वर्षका चक्र बहादुर तामाङको ज्यान गएको छ भने अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।
उक्त दूर्घटनामा परेर घाइते हुनेमा रौतामाई १ डहर गाउँका १८ वर्षकी मनिषा तामाङ र सोही ठाउँ घर भएका वर्ष २३ का सुरेश तामाङको उदयपुर जिल्ला अस्पतालमा उपचार भैरहेको जानकारी प्रहरी निरीक्षक कार्कीले दिएका छन् । ट्रयाक्टर चालक रौतामाई १ डहर बस्ने वर्ष २४ को अमृत तामाङ तत्काल फरार रहेकोमा खोज तलास भैरहेको र उक्त घटना स्थलमा प्रहरी नायव निरीक्षक गंगा राईको कमाण्डमा प्रहरी टोली खटाइएको छ भने ज्यान गुमाएकाको लास र घटनास्थललाई सुरक्षित राखि आवश्यक थप अनुसन्धानकालागि प्रहरी निरीक्षक सन्तोष कार्कीको कमाण्डमा माधव पोखरेल soco सहितको टोली घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाउको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।