उदयपुर ।
कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले शनिबार उदयपुरको गाईघाट बजारमा महिला फुटबल खेलाडी अमिसा कार्कीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गर्नु भएको छ ।
गाईघाटको होटल हिमालयमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं ५ की अमिशा कार्कीलाई फुलमाला, दोसल्ला, राष्ट्रिय झण्डा ओढाउनुका साथै नगद रकम र सम्मानपत्रद्धारा सम्मान गर्दै आफ्नो जिल्लाका तीन राष्ट्रिय खेलाडी मध्ये आफूले रौतामाई ५की सविता राना मगरलाई बिराटनगर स्थित उपसभामुखको कार्यकक्षमा नै सम्मान गरेको र कटारी नगरपालिका ५की हिरामाया भुजेल बिरामी भएका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै अमिसा कार्कीबाट धेरै कुरा सिक्न सकिने र आजका भाइबहिनीहरुले पनि खेल क्षेत्रमा लागेर जिल्ला र देशको नामलाई विश्वमा फैलाउन सकिने धारण व्यक्त गर्नु भयो ।
उपसभामुख दनुवारले संघ प्रदेश र स्थानीय तह सरकारका तीन तहबाट नै खेलाडीहरुलाई सक्दो प्रोत्साहन गर्नु पर्ने र नागरिक समाजले पनि खेल क्षेत्रको महत्व बुझेर सक्दो सहयोग र हौसला प्रदान गर्न पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा त्रियुगा नगरपालिका की उप मेयर महेश्वरी राईले आफ्नो गाउँ ठाउबाट यसरी उत्कृष्ट खेलाडी उत्पादन भएको खबरले आफू अत्यन्त खुसी भएको र नगरपालिकाले पनि रं ५० हजार नगद सहित दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको बताउनु भयो ।
यस अवसरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले खेलाडीलाई हामी सबैले उच्च सम्मान गर्नु पर्ने र स्वास्थ्य तथा राष्ट्रकालागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन सक्नु पर्ने कुरामा जोड दिनु भयो ।
अमिसा कार्कीका पिता बेग बहादुर कार्कीले छोरी सानैदेखि खेल क्षेत्रमा लागेको र अहिले आएर राष्ट्रिय स्तरमा नै जिल्ला र देशको नाम उचो राखेकोमा आफूलाई खुसी लागेको बताए । सम्मानित अमिसा ले गृह नगरमा यसरी सम्मान पाउँदा अत्यन्त गौरवान्वित भएको र यो सम्मानले आफुमा थप जिम्मेवारी आएको हुँदा आगामी दिनमा अझ राम्रोसँग खेल्न हौसला पाएको र आफूले यसरी सम्मान पाउँला भन्ने नसोचेको बताइन ।
उक्त कार्यक्रममा गाईघाट स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरु, नागरिक समाजको प्रतिनिधिहरु ख्ोलकुद क्षेत्रका प्रशिक्षक तथा अन्य व्यक्तिहरु अमिसा कार्कीका पिता बेग बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
अमिसालाई बिहीबार मात्र नेकपा एमाले जिल्ला कमिटी उदयपुरले पञ्चेबाजा सहित नगर परिक्रमा गराई खादा, दोसल्ला माला लगाई नगद तथा सम्मानपत्र सहित सम्मान गरेको थियो भने त्रियुगा नगरपालिकाल पनि नगद रुं ५० हजार र सम्मानपत्र सहित सम्मान गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।