काठमाडौं ।
उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।
उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगो लागेको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी हुँदा एनआईसीयूमा करिव ७० नवजात शिशुहरू भर्ना भएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।