काठमाडौं ।
राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।
उनले सोमबारबाट लागू हुने गरी राजीनामा दिएको राष्ट्रिय योजना आयोग स्रोतले जानकारी दिएको छ।
मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त पत्र पेश हुने र अर्यालको राजीनामा स्वीकृत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।