काठमाडौं ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको नेपाली कांग्रेसले मंसीर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झन्डा आधा झुकाउने भएको छ।
४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय पनि गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्। नेपाली कांग्रेसको सोमबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले शोक प्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो ।
पूर्व सभामुख ढुंगानाको ८३ वर्षको उमेरमा मंसिर २ गते पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पताल निधन भएको थियो। नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं.२ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख भएका ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।