काठमाडौँ।
अन्डर वर्ल्ड नेटवर्कको कभर एजेन्ट हुँ भन्दै रकम असुली गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका वडा नं. ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेका छन्।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले बुधबार काठमाडौँ शंखमुलबाट पक्राउ गरेको हो।
उनले काठमाण्डौं उपत्यका भित्र विभिन्न व्यक्तिहरुलाई ९८०९७०५२१५ नम्बरको व्हाट्सएपमार्फत आफू अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहार लगायत अन्य ठाँउबाट करार हत्यारा भाडामा लगाई ज्यान समेत मार्छु भन्दै म्यासेज गरी पचास हजारदेखी दुइ लाखसम्म रकम माग गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीको भनाइ छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।