चितवन ।
चितवनको कालिका नगरपालिका–३ मा ग्रिनेट बम फेला परेको शंकास्पद बस्तु निष्क्रिय पारिएको छ ।
मंगलबार वडा नं.३ को चतुर्मुखी थान मन्दिरमा पूजाआजाको लागी सरसफाई गर्ने क्रममा ग्रिनेट बम फेला परेको हो ।
स्थानीयहरूले बम फेलापरेपछि प्रहरीलाई खबर गरेका थिए। थाङखोला स्थित चतुरमुखी मन्दिर परिसरमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।