
काठमाडौँ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा एक जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ छन् ।
पोखरा घर भएका गुरुङलाई कतार जान लागेको अवस्थामा काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भैसकेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।