काठमाडौँ। एपेक्स कलेजबाट यो वर्ष (सन् २०२४) २५८ विद्यार्थी दीक्षित भएका छन्। कलेजले विशेष दिक्षान्त समारोह आयोजना गरी सफल विद्यार्थीहरूलाई दीक्षित गरेको हो।
दीक्षित विद्यार्थीमध्ये १५० स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन्।
वार्षिक दिक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ।
यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बीबीए – बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको छ। उनले एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने कलेजले जनाएको छ।
यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।