काठमाडौं ।
आधुनिकता, प्रविधि र शिक्षाले पनि महिला माथिको हिंसा रोकिएको छैन । प्राथमिक विद्यालय देखि नै विद्यार्थीहरुलाई अनुसासन, कानून र समानतको शिक्षा दिनुपर्छ । महिलाले पुरुष र पुरुषले महिलालाई सम्मान गर्नुपर्छ । एकजुट भएर काम गर्दा धेरै राम्रो काम गर्न सकिन्छ ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत राष्ट्रिय महिला आयोगको खबर गरौं ११४५ हेल्पलाईन सेवाको सातौ बार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रिय सभाका उप सभामुख इन्दिरा राणाले उक्त भनाई राख्नुभएको हो । उहाँले देशमा भएका लैंगिक हिंसाको सिकार महिला मात्र नभएर पुरुष पनि परेका छन भन्नुभयो ।
उहाँले आयोगको कामलाई सहज बनाउँन सघाउँने संघ संस्था तथा आयोगले सघाएर न्याय पाएकी सविता देबी नायकलाई प्रमाणपत्र सहित सम्मान गर्नुभयो । त्यसैगरि आयोगमा हेल्प लाईनमा ५ बर्षदेखि लगातार सेवा प्रदान गर्दै आएका कर्मचारीहरुलाई पनि उहाँले सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले राज्यका सबै अंगको साथ र सहयोग पाएकै कारण र विभिन्न संघसंस्था तथा पिडामा परेका व्यक्तिहरुले महिला आयोगलाई विश्वास गरि जिम्मेवारी दिएकाले हामी सबैको प्रयासमा काम गर्न सफल भएका छौ । काम गर्न धेरै बाँकी छ यसरीनै एक आपसमा सहकार्य गर्दै अघि बढ्नुपर्छ असम्भव केही छैन भन्नुभयो ।
सोही अवसरमा आयोगका सचिव पार्वती अर्यालले महिला आयोगले गरेका काम र परिणामका बारेमा जानकारी गराउँनुभयो । सोही अवसरमा सविता देबीले आफु एक बर्ष अघि श्रीमानबाट महिला हिंसामा परेको र २ सन्तान सहित महिला आयोगमा आई महिला आयोगको सहयोगमा हाल सुभअवसर ग्रामको सहयोगमा सिलाई तालिम समेत लिई २ बच्चालाई पाल्न सक्षम भएको र आयोगले सम्मान गर्दा आफुमा अझै काम गर्ने हौसला बढेको बताउँनुभयो ।
उहाँले हिंसा सहेर बस्नु हुन्न भन्ने कुरा आयोगको परामर्शले सिकाएको बताउँनुभयो । कार्यक्रममा महिला हिंसाविरूद्धको १६ दिने अभियान लक्षित, कविता, गित, नाटक लगायतका जनचेतना मूलक कार्यक्रमहरु गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।