०८ असोज ,एजेन्सी – पछिल्लो केही दिनयता बच्चासँग जोडिएका घटनाहरु एकदम बढ्दै गइरहेका छन् । त्यहिँ क्रममा दिल्लीमा एउटा भर्खरको घटेको घटना जोडिएको छ । भारतमा बस्ने राशिद जमालले आफ्नै १ बर्षको बच्चालाई अपहरण गरे र घरको नजिकैको नालामा फेकिदिए ।
मध्य रातमा राशिदले आफ्नो पत्नी मोफिदा बेगम र दुई बच्चालाई गाली गरिरहेका थिए र उनीहरुलाई पिटी पनि रहेका थिए । मौका पाउनसाथ उनकी पत्नी घरदेखि बाहिर भागिन् र छिमेकीहरुसँग सहयोग मागिन् । त्यहिँ क्रममा राशिदले बच्चालाई उठाएर आफुसँगै लगे र नजिकैको नालामा फेकिदिए । पुलिसले जब छानबिन शुरू गरे त्यहिँ क्रममा राशिदलाई अर्थशून्य हालतमा भेटे । उनी यतिसम्म होसमा थिएनन् कि उनले आखिर के कस्तो गरेका थिए बच्चासंग भन्ने कुरा पनि भन्न सकेनन् । उनले यतिसम्म मात्र भने कि आफु नसामा रहेको र बच्चालाई आफैले फेकेको जानकारी गराए ।
दिल्ली पुलिसले बच्चालाई खोज्नको लागि दिल्ली फायर सर्विस, NDRF र क्व्कि रिस्पोन्स टीमलाई सम्पर्क गरे । बच्चा हराएको ५६ घण्टा पछि उसको शव बरामद भयो । मृतक बच्चाको पितालाई मर्डरको आरोप लागेको छ । उसले भने कि उसको बच्चा धेरैजसो बिरामी हुन्थ्यो र उनी आफ्नो बच्चाको पालनपोषण गर्न खोजेका थिएनन् ।