देवी भण्डारी
दाङ, ८ असोज । शिसा नेपालले आज घोराहीमा युवा तथा बालवालिका सशक्तिकरण परियोजनाको छलफल गरेको छ । शिसा नेपालकी अध्यक्ष साजिदा सीद्धिको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समितिका सुचना अधिकारी कृष्ण केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत वर्ष गरिएका सफल कामको बारेमा जानकारी गराइएको थियो । कारितास तथा शिसा नेपालले सयुक्त रुपमा युवा शसक्तिकरण तथा बालविवाह न्यनीकरण ,व्यवसाय गर्न चाहाने किसानहरुलाई आथिर्क सहयोग गर्दै आएको छ । साथै यस वर्ष शिसा नेपालले बाढिपिडितहरुलाई १३ लाख ७२ हजार ९ सय १९ रुपैयाको राहात सामाग्री सहयोग गरेको संयोजक कृष्ण चौधरीले जानकारी गराउन भएको थियो । त्यस्तै कार्यक्रममा महिला तथा बालबालिका कार्यलयकी मोती विश्वकर्मालाई नेपाल सरकारले उत्कृष्ट कर्मचारीमा छनोटमा परेको भन्दै शिसा नेपालले सम्मान तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेललाई पनि स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति पौडेलले सुगम भन्दा दुर्गम स्थानमा गई गैरसरकारी संस्थाले काम गर्न आग्रह गर्नुभएको थियो । शिसा नेपालका बट्वाली चौधरीले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण युवा तथा बालवालिका सशक्तिकरण परियोजना संयोजक कृष्ण चौधरीले गर्नुभएको थियो