काठमाडौं ।
प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गमा मंगलबार स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ परेकाहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
प्रहरी वृत्त गौशलाबाट खटिएको टोलीले प्रदेश ३–०१०२२ च १९७२ नम्बरको कार रोकी जाँच गर्दा नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। शम्भुमार्गमा गरिएको जाँचका क्रममा नगदको स्रोत नखुलेपछि उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारी जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको छ भने स्रोत नखुलेको नगदको विषयमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक अधिकारी जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।