काठमाडौँ।
एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तरप्रदेशस्थित आग्रा जिल्ला सिकान्द्रा पन्चायत घर भई हाल टोखा न.पा. ३ ग्राण्डी टावरको नेप्चुन बिल्डिङ को 6A बस्ने ४७ वर्षीय हरिस जावा र सोही ठाउँ बस्ने ३८ वर्षीय ऋषि मातन रहेका छन्।
काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्ट्मेन्टको 6b फ्यालट्मा एनपीएलको फाइनल खेलमा सट्टेबाजी भईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी काठमाडौंबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुमाथि प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट मोबाइल थान- ५,ल्यापटप थान- १,ncell को सिम थान- ८,हरिस जावाको भारतिय राहदानी थान-१,हरिस जावाको आधार कार्ड थान-१,ऋषि माकनको आधार कार्ड थान- १, ऋषि माकनको भोटिङ कार्ड थान – १ बरामद गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।