सर्लाही ।
सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ। क्यान्सरबाट पीडित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधबार राति भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार, महतोको आजै दाहसंस्कार गरिने छ। उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।