एजेन्सी ।
ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथि भ्रष्टचारको आरोप लागेको हो ।
कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार वेनमाथि बिहिवार भ्रष्टाचारको अभियोग लगाइएको छ ।
६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुँदाको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तिय बारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ । अभियोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन् ।
भ्रष्टचारको सो अभियोगले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई एउटा महत्त्वपूर्ण धक्का दिने जनाइएको छ । जसले सत्तारुढ डेमोक्र्याटिक पीपुल्स पार्टी र मुख्य विपक्षी कुओमिन्ताङको विकल्प खोजिरहेका मतदाताहरू यसअभियोगवाट निराश भएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।