भक्तपुर ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेला र महोत्सवले देशको आर्थिक अबस्था उकास्न सहयोग पुग्ने बताउनुभाएको छ ।
आज मध्यपुर महोत्सव–२०८१ को बालकुमारीमा उद्घाटन गर्दै उहाँले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनु भयो । पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, सम्बद्र्धन र पर्यटकीय दृश्यकोणले बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताउनुभयो ।
मध्यपुरथिमिका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्रयाएर दखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिढीँलाई सिकाउनु पर्ने औल्याउदै उहाँले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अबस्था उकास्ने बताउनुभयो ।
यो महोत्सवले सिंगो मध्यपुरवासीलाई मात्रै नभएर सिंगो देशवासीलाई एकैथलोमा ल्याएर नेपालको अर्थतन्त्रलाई लयमा फर्काउदै आर्थिक बिकास गर्न ठूलो टेवा पुग्छ भन्नुभयो ।
विश्वमा नेपाललाई चिनोउने यहाँका कला, संस्कृति र ऐतिहासिक सम्पदाका धरोहरहरुको प्रचारप्रसार गर्ने, पर्यटक भित्रयाउन निम्तो दिने, पर्यकटलाई आकर्षित गरेर यहाँको आर्थिक विकास गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नगरपालिकाले प्रकाशन गरेको पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक हाम्रो मध्यपुरथिमिको उहाँले बिमोचन गर्नुभयो ।
कार्यक्रममा संघीय सांसदद्धय दूर्लभ थापा, सन्तोष परियार, वागमति प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले मध्यपुर महोत्सव सबैको महोत्सव भएकाले यसलाई सफल पार्न सबैको उत्तकै सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सभापति एवं नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको सम्पदाको संरक्षण, पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने गरि नगरपालिकाले आयोजना गरेको महात्सवमा ५०० भन्दा बढी स्टलहरु रहेको बताउनुभयो ।
महोत्सवबारे जानकारी दिदै नगरपालिकाका विभागीय प्रमुख एवं सूचना अधिकारी केशव सिलवालले २६ वर्षपछि मध्यपुरथिमि नगरपालिकाले तीनदिने ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गरेको बताउनभयो । २६ वर्ष अगाडिको प्रथम मध्यपुर महोत्सव तत्कालिन युवराजधिराज दिपेन्द्रबीर बिक्रम शाहले उद्घाटन गर्नु भएको र आजबाट पुस १४ गतसम्म महोत्सव चल्ने मध्यपुर महोत्सव दोश्रो महोत्सवको रुपमा रहेको सिलवालले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।