उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने जोगीदहमा प्रस्ताव गरिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माण कार्य आर्थिक अभावका कारण अलपत्र परेको छ ।
निर्वाचनका समयमा उदयपुर १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले विमानस्थल बनाउने कुरा गर्ने गरेको तर अन्य समयमा कानमा तेल हालेर बस्ने, बजेट बनाउने समयमा वा योजना बैंकमा योजना समावेश नगर्दा निर्माण कार्यमा उपेक्षित हुँदै आएको छ ।
करिब १५ वर्ष अघिदेखि विमानस्थल निर्माणकालागि पहल र प्रयास भैरहेको भए पनि हालसम्म १५६.११ हेक्टर सामुदायिक वन अधिग्रहण गरिएकोमा ६७.३५ हेक्टर कंग सामुदायिक वनको र ८८.७६ हेक्टर मोतियाही सामुदायिक वन भित्रको २६ प्रजातिका ३५ हजार ५४१ थान रुखहरु काटिएको छ । जसमा ९० प्रतिशत रुखहरु साल प्रजातिका रहेकाछन् ।
१७५० मिटर लम्बार्य र ३० मिटर चौडाईको रनवे निर्माण गर्ने, ट्याक्सी वे ४ वटा,एप्रोन लम्बाई२०० मिटर चौडाई ६० मिटर टर्मिनल भवन। स्टाफ क्वाटर, ह्याङ्गर एक, ५ वटासम्म ट्विअटर र एटिआर विमान ल्याण्ड हुने, विमानस्थल निर्माण लागत रु. १ अर्ब ८० करोड को अनुमान गरिएको छ ।
हिउँद र वर्षाका समयमा विना अवरोध संचालन हुने । कुहिरोका कारण वा वर्षाका कारण तराईका विमानस्थलमा विमान अवतरण हुन नसक्ने अवसथा रहेको तर यस विमानस्थलमा बाह्रै महिना मौसम सफा हुने भएकोले अन्य विमानस्थलका तुलनामा सुरक्षित, भरपर्दो र मौसमका कारण विमान अवरुद्ध नहुने बताइएको छ ।
आगमन र प्रस्थानमा २००। २०० यात्रु आवत जावत गर्न सक्ने,५० थान ट्याक्सी र १०० वटा मोटर साइकल पार्किङ गर्न सकिने पाकिङ स्थल निर्माण गरिने योजना अनुरुप वनका रुखहरु कटान गरिसकिएको छ भने कटान गरिएका सामुदायिक वनका गोलिया काठहरु बिक्री नभएर वनमै कुहिएर नास भैरहेको छ ।
यस विषयमा कंग सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्यामनारायण चौधरीले विमानस्थल निर्माण गर्न सामुदायिक वनका रुखहरु काटियो । धेरै पटक मन्त्रीहरु आएर गए । अर्थमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरु आएर हेरेर गएको । तर अन्तिम पटक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आर्थिक श्रोत नभएकोले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार स्थानीय उद्यमी व्यवसायी र जनताले आर्थिक श्रोत जुटाएर निर्माण गर्नु पर्ने कुरामा जोड दिएको बताए ।
आन्तरिक सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका सचिव परमेश्वर घिमिरेले ३५ हजार ५४१ थान हाराहारी रुखहरु काटिएको र यसको अनुमानित लागत रुख काट्न समेत १ अर्ब ८० करोड स्टमिेट निकालिउको र यो रकमले रनवे निर्माण विमानस्थलमा निर्माण गरिने सबै संरचना तयार हुने गरी बजेट स्टिमेट गरिएको बताए ।
आन्तरिक विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष बीरेन्द्र कुमार बस्नेतका अनुसार धेरै वर्षदेखि विमानस्थल बनाउने कुरा अघि बढेको र जाँच गर्ने, जग्गा क्यानका नाममा आउने काम भएको छ । अब जराबुटा निकाल्ने सफा र घेराबेरा गर्ने काम गरिनेछ । मौसमका कारण विमान फर्कनु पर्ने अवस्था नहुने विमानस्थलको रुपमा रहने र पहाडी क्षेत्रका यात्रीहरु पनि आउने भएकोले र यो विमानस्थल देशका अन्य विमानस्थल मध्ये राम्रो ठानिएको बताए ।
प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण, अवलोकन अनुगमनकालागि आएका वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सर्बै दृष्टिकोणले उपयुक्क्त विमानस्थलकारुपमा रहने भए पनि आर्थिक समस्याका कारण विमानस्थल निर्माणकालागि बजेटको अभाव भएकोले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार लगायत स्थानीय मानिसहरुको आर्थिक सहयोग आवश्यक रहेको बताए ।
उदयपुर १ का प्रतिनिधिसभा सदस्य डा.नारायण खड्काले बिराटनगर, जनकपुर लगायतका विमानसथल कुहिरो लागेर चल्न नसक्ने हुँदा यो विमानस्थल चल्ने र धावन मार्ग पाि फराकिलो रहेकोले उपयुक्त हुने बताए । विमानस्थल निर्माण गर्नकालागि १५६.११ हेक्टर वनको रुखहरु काटेर काठ दाउरा अलपत्र पारेर राखिउको छ भने काठ दाउरा सडेर कृहिएर काम नलाग्ने अवस्थामा पुगेको छ । गाईघाट फत्तेपुर सडक किनारामा काठ दाउरा चट्टा मिलाएर राखिएको भए पनि सडेर काम नलाग्ने हुँदै गएको छ ।
यस विषयमा कंग सामुदायिक वनका अध्यक्ष श्याम नारायण चौधरीले विस्तारै काठ दाउरा बिक्री वितरण हुने र नियमानुसार राजस्व तिरेर उपभोक्ताहरले लैजाने गरेको र आवश्यकता अनुसार आपूर्तिको काठ पनि तोकिएको राजस्व बुझाएर लैजाने गरेको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।