रामेछाप ।
मन्थली नगरपालिकाले नगरपालिका स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला २०८१ को आयोजना गर्ने भएको छ । आगामी पुस १६ र १७ गते जिल्ला समन्वयको प्रङ्गडमा प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कृषि तथा लघु उद्यमी प्रदर्शनी मेला २०८१ फोकल पर्सन तथा मन्थली नगरपालिकाका शाखा अधिकृत गोविन्द कट्टेलका अनुसार नगरपालिकामा उत्पादन भएका कृषि उपज र लघु उद्यमका उत्पादनको प्रचार प्रसार¸बजारीकरण¸ प्रोत्साहन गर्न मेलाको आयोजना गर्न लागिएको हो ।
मेलामा कृषि तथा लघु उद्यमीलाई निःशुल्क स्टल प्रदान गरिने र प्रत्येक स्टलका एक जानलाई खाना बस्न सहित यातायातको समेत व्यवस्था गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नगरपालिकाले ५३ वटा स्टल निर्माण गरेकोमा ३२ वटा स्टल कृषि उपजहरू फलफूल¸ तरकारी¸ रैथाने बाली¸ कन्दमूल¸ चिया र मह उत्पादन गर्ने कृषिले बुक गरेका छन् ।
३ वटा स्टल दूध जन्य सामाग्री उत्पादक¸ १२ वटा स्टल लघु उद्यमीहरू बेकरी¸ढाका¸हस्ताकला लगायतका सामाग्री उत्पादन गर्ने उद्यमीले र ५ वटा स्टल पशु पालक कृषिहरूले बुकिङ गरेको आयोजक मन्थली नगरपालिकाका फोकल पर्सन गोविन्द कट्टेलले बताए ।
मेलामा सहभागी भएका उत्कृष्ट हुने कृषिलाई सम्मान तथा पुरस्कृत गरिने मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख श्रेष्ठले कृषि तथा लघु उद्यम सम्बन्धी मेला पहिलो पटक गर्न लागेको बताउँदै मन्थली नगरका कृषि र मन्थली नगर वासीलाई सक्रिय सहभागिताको लागि अनुरोध गरे ।
कार्यक्रमको उद्घाटन ऊर्जा जलश्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङले गर्ने आयोजकले जनाएको छ । भने कार्यक्रममा करिब १२ लाख खर्च हुने आयोजक मन्थली नगरपालिकाले अनुमान गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।