नवलपरासी।
पूर्वी नवलपरासीको गैंडाकोटमा हुने हाफ म्याराथन दोस्राे संस्करणको तयारी पूरा भएको छ । आयोजक संस्था विजय फाउन्डेसन नेपालले पुष १५ गते सोमबारका दिन आयोजना हुने गैडाकोट हाफ म्याराथन २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
म्याराथनका लागि स्थानीय गैडाकोट नगरपालिको गैडाकोट स्थित विजय सामुदायिक शिक्षा सदनलाई प्रस्थान बिन्दु बनाई २१ किमी लामो दुरी मापन गरिएको छ ।
एक्काइस किमि म्याराथन तर्फ महिला पुरूष गरि २ सय ५० र बालबालिकाको ५ किमि लामो म्याराथनमा पनि सोही संख्यामा सहभागीले नाम टिपाएको फाउन्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।
म्याराथनमा प्रथम हुने धावकले १ लाख रूपैयाँ हात पार्नेछन् । त्यसरी नै द्वितीय तृतीयका लागि क्रमश ५० र २५ हजार नगद प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।
दौडमा उत्कृष्ट हुने ५ जनालाई जनही ५ हजार र हाफ म्याराथन प्रथम महिला २५ हजार,द्वितीय १५ हजार तथा तृतीयलाई १० हजार नगद पुरस्काको व्यवस्था रहेको छ । बालबालिका तर्फको म्याराथनमा प्रथम द्वितीय र तृतीयलाई १० हजार ५ हजार र ३ हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।
गैडाकोट क्षेत्रलाई दौडका माध्यमले विश्वसामु चिनाउने उद्देश्य सहित वर्षेनी संचालन हुने म्याराथनका लागि गैडाकोट नगरपालिका,बिजय परिवार र लामिनार कजारिया टायल सहयोगी तथा बैकुण्ठ मानन्धर स्पोर्टस क्लबको प्राबिधिक सहयोग रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।