१० असोज ,दोलखा – दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जगमा करेन्ट लागेर ४५ वर्षीय भूपबहादुर खत्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज नयाँ टान्सफर्मर राख्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको र पाँच जना घाइते भएको बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ भने घटनास्थलमा अहिले प्रहरी गएको छ ।