दाङ १० असोज । सरकारले वडादशैंको अवसर पारेर दाङका दुई कारागारबाट २० कैदीको कैद मिनाहा गरेको छ । १५ जना कर्तव्य ज्यान मुद्धा, ३ चोरी र २ सवारी ज्यान मुद्धाका गरि २० कैदिको कैद मिनाह भए अनुसार छोडिएको कारागार प्रशासनले जनाएको छ । घोराही कारागारबाट ४ जना कैदिलाई बाँकी कैद मिनाह गर्दै सरकारको निर्णय गरे अनुसार छोड्ने तयारी भएको घोराही कारागारका जेलर काँशीराम वलीले जानकारी दिनुभयो । दुई जना सवारी ज्यान मुद्धा, एक जना कर्तव्य ज्यान मुद्धा र एक जना चोरी मुद्धाका कैदिको कैद मिनाह भएको हो । त्यसै गरि तुलसीपुर कारागारबाट १६ जना कैदिले बाँकी कैद मिनाह पाएका छन् । तुलसीपुर कारागारबाट १४ जना कर्तव्य ज्यान मुद्धा र दुई जना चोरी मुद्धाका कैदिलाई सरकारले कैद मिनाह गरे अनुसार छोडिएको जेलर देबेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । असल आचरण देखाउने र ४० प्रतिशत कैद भुक्तान गरेका कैदिलाई सरकारले गणतन्त्र दिबस र दशैको अबसरपारी कारागारको सिफारिसका आधारमा छनोट गरेर आममाफी दिने गरेको छ