काठमाडौं ।
सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सरुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङको सरुवा गरेको हो। उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यले अनिवार्य अवकाश पाएपछि खाली रहेको ठाउँमा तामाङको सरुवा गरिएको हो।
यसअघि तामाङ प्रहरी मुख्यालयस्थित अपराध अनुसन्धान विभागको प्रमुखको रुपमा कार्यरत थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।