बाजुरा ।
बडिमालिका र बुढिनन्दा नगरपालिकाको सिमाना करिव पँचहजार फिट उचाईमा रहेको पोरखे लेख (लाङ्गना )मा विगत तिस वर्ष यता हिमपातमा निक्कै कमि आएको छ। बुढिनन्दा नगरपालिका वडा नं ९ का वडाध्यक्ष एबं तत्कालिन समयमा कांधका दोकानी भनेर चिनिने मानवहादुर रावत भन्नुहुन्छ “विगत २०-२५ वर्ष अघि पोरखे लेखमा सात फिट हिउँ पथ्र्यो ।
बाटो खुलाउन पनि हुलाकी जानुपथ्र्यो । त्यसपछि बल्ल बाटो खुल्थ्यो। बाटो नखुल्दा सम्म बटुवाहरु आफ्नै होटेलमा वस्थे । ” कयौंपटक वाटो खुलाएर वडाअध्यक्ष रावत आफैले बटुवाहरुको उद्धार गरेको अनुभव सुनाउनुहुन्छ । विगतमा तल पाण्डुसैन तिर स्याउ फल्थे माथि कांध फल्दैनथे, फलेपनि पाक्दैन थिए । आजकाल स्याउ पनि पाक्छन्।
काँध डोप्का तिर वर्षमा एक बालि मात्र फल्थ्यो । अहिले वर्षका दुुई वालि फल्छन् वर्खामा कोदो फल्छ भने हिउँदमा जौं फल्छ । घनाजंगल थियो अहिले मासिएर पुरै जंगल बस्तीमा परिणत भएको छ। पहिले मानिस त्यति रोगी हुंदैन थिए ।अहिले रोगब्याधी पनि उत्तीकै छ। वडाध्यक्ष रावतले भन्नुभयो मलाई अच्चम्म लाग्छ २० पच्चिस वर्षमा त तापक्रममा यति फरक देखिएको छ भाविपुस्ता सम्म पृथ्वीको तापक्रम कति बढ्ला ? यहाँका वनजंगल जोगाउनका लागि लामासिङ्ग क्षेत्रमा घेरवार गरी“ पोरखे संरक्षित क्षेत्र” बनाउन लागेका छौं । अव सबैले बस्तीबस्तीबाट वातावरण जोगाउन लाग्नुपर्ने देखिन्छ वडाध्यक्ष रावतले भन्नुभयो ।
विद्यालय क्षेत्रमा पनि जलवायु परिवर्तनको नराम्रो असर परेको देखिन्छ । अषाढ साउनमा बढि पानी पर्छ बाढि पहिरो हुन्छ भनेर असार १५ देखि साउन पन्ध्र १५ सम्म एक महिने वर्खे विदा राखेका हुन्छौं, पछिल्लो समयमा असार साउन भदौमा पानी नै पर्देन । असोजमा आएर वाढीपहिरो हुन्छ । त्यस्तै पुसमा जाडो विदा हुन्छ, चैत्रमा आएर हिउँ पर्छ मालिका नमुना माद्यामिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले भन्नुभयो ।
वातावरण नै विग्रएको छ ।बढ्दो सहरीकरण र विकसित मुलुकको औद्योगिकीकरण्ले वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण नियन्त्रण गर्न र प्रकृतीप्रेमी मानव समाज वनाउन अहिले देखि विद्यालय बालवालिकालाई वातवरणीय अनुकुलन व्यवहारिक शिक्षा दिनुपनर्मो जोड दिनुहुन्छ । सरकारले प्रयोगात्मक पाठ्यक्रम लागूगर्नु पर्ने सुझाब उहाँको छ । वायुमण्डलको तापक्रम बढ्यो । ओजनतह पाताले भयो । सूर्यका किरण सोझै पृथ्वीमा आउन थाले ।मानव समाज प्रकृतीमैत्री वातावरण वनाउन लाग्नुपर्छ प्रअ पाध्यायको भनाई छ।
१४ हजार फिट मा अवस्थित बडिमालिका क्षेत्रमा पुस माघमा मालिका माता हिउँको घुम्टोले सजिएका दृष्य देखिन्थे । बडिमालिकाका २२ पाटन सेताम्य हुन्थे । अहिले पुसमा पनि फाट्टफुट्ट हिउँका टोवल्का देखिन्छन् । हिमालमा पार्ईने नौरगी डाँफे, कस्तुरी मृग, विना झालर लगायतका जंगली जनावरहरु लोपोन्मख अवस्थामा छन् । जडिबुटीको भण्डार भनेर चिनिने बाजुराका २२ पाटन जडिबुटिहिन हुंदैछन् । कार्तिक देखि बडिमालिकामा हिउँ पथ्र्यो,यसपालि पुसको आधा कटिसक्यो बडिमालिकामा हिउँ छैन, स्थानीय मानवहादुर रावलले भन्नुभयो।
२०७८ असोजको अन्तिम तिर आएका अविरल वर्षाले हिमाली गाउँ पालिका पाँच किउडी गाउँमा बाढि पहिरोले गाउँ चिराचिरा भयो । परम्परागत बस्तै आएका किउडीका १२८ परिवार विस्थापित भए । पालिलकाले जरगाउँ भन्ने ठाउँमा बस्ती सार्नु प¥यो । त्यस्तै वडा न चार फैतिका २८ परिवार पनि कार्तिकमा आएको अविरल वर्षाले पहिरोको जोखिममा परे । यो सबै जलवायु परिवर्तनको असर हो, हिमाली गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजवहादुर भण्डारको भनाई छ ।तराई तिर मंसिरमा हस्सुलाग्थ्यो पुसको अन्तिमा हट्थ्यो यसपाली हिजो देखि हल्का हुस्सु कुहिरो सितलहरले छाएको छ धनगढीका चन्द्रवहादुर शाहले भन्नुभयो।
विद्यार्थी नेता भरत बुढा भन्नुहुन्छ जलवायु परिवर्तनको असर आजको बिश्वले जसरी भोगिरहेको छ यो अत्यन्तै दुर्भाग्यपूर्ण छ। मानव जातीले भौतिक बिकासको लागि प्रकृतिको अनुचित दोहन रोक्नुपर्छ ,मान्छे प्रकृतितिर फर्कनुपर्छ,प्रकृतिको आफ्नो सिस्टम छ त्यो जोगाउनु पर्छ। जलवायु परिवर्तनको असरले प्राणीहरुको अस्तित्वमा नै संकट ल्याउने बाटोमा छ यसले हाम्रो पुस्ता मात्र नभई भोलिको पुस्ता सम्म दुरगामी असर पर्ने छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।