काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ ।
काठमाडौंमा हिजोदेखि जारी केन्द्रीय समिति बैठकले संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले सदस्यको रुपमा रहनेछ ।
कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा बनाएर पार्टीको आधिकारिक धारण सार्वजनिक गरिने भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।