काठमाडौं ।
भूकम्पको धक्का महसुस भएपछि काठमाडौंको स्युचाटारस्थित डेढ तले घरको छतबाट हामफालेका एक पुरुष घाइते भएका छन् । नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूषले भूकम्पको डरले घरको छतबाट हामफालेका हुन्।
दुवै खुट्टामा चोट लागेका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज बिहान चीनको सीमावर्ति क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।