काठमाडौं ।
चीनमा मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।
सगरमाथा (माउन्ट कोमोलाङ्मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो ।
भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।
डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।