काठमाडौं।
नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा.२ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंच कुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले जेसिबि चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।