११ असोज , काठमाडौँ – नेपालले १८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा बुधबार भारतसँग खेल्दैछ । खेल बेलुका ६:२० बजे भुटानको चांलिमिथान रंगशालामा शुरु हुनेछ ।
नेपाल, भारत, बंगलादेश र भुटान समान ६ अंकसहित उपाधीको दावेदार छन् तर गोल अन्तरका आधारमा भारत पहिलो, बंगलादेश दोस्रो, नेपाल तेस्रो र भुटान चौथो स्थानमा रहेका छन् ।
भुटानसँग पहिलो खेलमा हारेपछि नेपालाई उपाधी जोगाउन भारतलाई हराउनैपर्ने र अरु देशको नजितामा भर पर्नुपर्ने अवस्था आएको हो । पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।