असाेज १० बेलाटारी
नवलपरासी जिल्लामा रहेकाे सिमावर्ती नाकामा रहेकाे भन्सार कार्यालय हरुमा सुबिधाकाे नाममा भन्सार कर्मचारीले मनाेमानी रुपमा रकम असुली गरिरहेकाे छन ।भारतीय गाडिहरुलाई नेपालमा जिल्ला काे निश्चित दुरि सम्म पुग्न नेपाल सरकार ले गाडिकाे निशुल्क सुबिधा पत्र बाट अावत जावत गर्न सकिने ब्यवस्था हुँदा समेत भन्सारका कर्मचारी हरुले सुबिधा पत्र बनाए बापत रकम असुली गरिरहेकाे गाेरखपुरकाका सन्ताेष कसाैधनले जानकारी बताउनु भयाे। भारतीय माेटर साईकलकाे सुबिधा गरेबापत १० रुपैया र चारपाङ्ग्रे गाडिकाे सुबिधा पत्र बनायबापत ५० देखि १०० भारतीय रुपैया सम्म कर्मचारीहरुले लिईरहेकाे बताईएकाे छ।जिल्ला काे महेशपुर भन्सार कार्यालय ,भुजहवा छाेटि भन्सार कार्यालय , गुठिप्रसाैनी ,त्रिबेणी,गेर्मी लगायतका छाेटि भन्सार कार्यालय हरुकाे कर्मचारी हरुले रकम असुली गरिरहेकाे बताईएकाे ।नेपाल सरकार ले भारतिय गाडिहरुकाे अावतजावतमा सहज नितिनियम बनाएतापनि कार्यालयका कर्मचारी हरुबाट भारतीय पिडित रहेकाे कसाैधन ले बताउनु भयाे ।पटक पटक नेपाल अाउदा सधै अाफुहरु सग सुबिधा बनाए बापत कर्मचारीहरु ले पैसा लिईरहेकाे बताईएकाे छ पटक पटक स्थानिय प्रहरीलाई जानकारी गराउदा पनि प्रहरी बेवास्ता गरेकाे पिडितहरु बताउछन ।लामाे समय देखि नै याे समस्या समाधान नहुदा कर्मचारी र प्रशासनकाे मिलामताे रहेकाे अाशन्का गरिएकाे स्राेतले जनाएकाे छ।।