काठमाडौं ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको छ ।
धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्ड ह्याक गरिएको हो ।
ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेका थिए । गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजीटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ ।
प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रहरीले भने डिजीटल बोर्ड ह्याक भएको विषयमा बुझिरहेको बताएको छ । उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि विभिन्न स्थानमा डिजीटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।