उदयपुर ।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको १४ औ नगरसभा आज एक समारोहका बिच सम्पन्न भएको छ ।
नगरपालिकाले तोकेको समयभन्दा १ घण्टा ४८ मिनट ढिलो गरी प्रारम्भ भएको नगरसभाले २०८२ सालभित्रमा सबै भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न जग्गा नाप जाँचको काम सम्पन्न गरेर लालपुर्जा वितरण गरिसक्ने भएको छ ।
विभिन्न मितिका कार्यपालिका बैठकले गरेको निर्णयहरु तथा संशोधित योजनाहरु, कार्यक्रम र बजेट रकमान्तरलाई सभाले अनुमोदन गराउने काम भएको छ । नगर प्रमुख बसन्त बस्नेतको अध्यक्षतामा भएको सो नगरसभामा आर्थिक ऐन २०८१ संशोधन, बेरुजु फछ्र्यौटकालागि जनशक्ति सेवा करारमा लिएर व्यवस्थापन गर्ने निर्णय अनुमोदन, त्रियुगा नगर प्रज्ञा प्रतिष्ठान विधेयक २०८१ प्रस्तुत सम्बन्धी, हेफर प्रोजेक्ट सम्बन्धि पशु विकासमा आधारित साना किसान तथा लघ’उद्यमशीलता विकास कार्यक्रम सम्झौता समर्थनकालागि प्रस्तुत गरिएकोमा सबै प्रस्तावहरु परित भएको छ ।
यसैगरी त्रियुगा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा उद्यमशीलता विकास कार्यक्रम परियोजना कार्यान्वयन निर्देशिका २०८१ अनुमोदन भएको छ । १४ औँ नगरसभाले वडा न.१ द्येीख् १६ससम्मका सबै वडाहरुमा शिर्षक गत रुपमा भएका बजेट व्यवस्थालाई संशोधनसहित रकमान्तर गरी सोही प्रकृतिको अन्य शिर्षकमा रकमान्तर गरेर खर्च गर्न सभाले स्वीकृति दिएको छ ।
यसरी संशोधन सहित रकमान्तर भएका क्षेत्रमा भोतिक पूर्वाधार, शिक्षा स्वास्थ्य, प्रशासनिक खर्च कटौती, टोल विकास संस्थालाई सहयोग,मठमन्दिरमा सहयोग, सडकको खाल्डाखुल्डी पुर्ने, कृषि बजारमा खानेपानी,विद्याmय मर्मत संभार, फर्निचर व्यवस्थापनकार्यालय सामन खरिद आदी रहेका छन् ।
यसैगरी औषधी खरिदको रकम कटाएर आथिर्क सहयोग, विभिन्न समुदायको चार्डपर्व खर्च वितरण र वडाको खर्चमा रकमान्तर गरिएको छ । यस्तै शिक्षकलाई दिने तलब कटौती गरेर विद्यालयका कर्मचारीलाई दिने निर्णय भएको छ । सिंचाई पाइप विस्तार। खेलकूद सामाग्री वितरण, विपद व्यवस्थापन सम्बन्धि काम लगायतका कार्यहरुमा बजेट रकमान्तर गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।