
काठमाडौं ।
कमल थापा मगरको ‘यानी माया’ बोलको नेपाली पप गीत सार्वजनिक भएको छ । गायिका बिन्दु बिसीको आवाजामा रहेको उक्त गीत केही अघि मात्रै नेपाली संगीत बजारमा सार्वजनिक भएको हो ।
‘यानी माया’ बोलको गीतको शब्द सृजना भने गोविन्द अनेकले गरेका छन् । संगीतकाे लय र संयोजन थापा आफैँले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ भने चर्चित साउन्ड इन्जिनियर स्यामस्वेत रसाइलीको रहेको छ ।
रिना थापाद्वारा निर्देशित उक्त गीतको भिडियाेमा भने युना थापा र राजेश श्रीस मगरलाई मुख्य अभिनयमा देख्न सकिन्छ । गीतको छायाङ्कन सौगात थापा ‘योन्सा’ सुमन थापा र सुरज पुनले गरेका छन् । भिडियो सम्पादन भने योन्सा र सुमन थापाले गरेका हुन् । ‘यानीमा’ गीत कमल सिंजाली थापा युट्युव च्यानलमा हेर्न सकिनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।