
काठमाडौँ।
चर्चित गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमामा आइतबार स्टाटस लेख्दै उनले मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो,तर एयरपोर्ट खुलिसकेर अन्य एयरलाइन्सले धमाधम प्लेन उडाइरहे पनि श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको उनले भन्दै आक्रोश व्यक्त गरेकी हुन्।
केही दिनअघि पनि आफूले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको उनको भनाइ छ।
‘आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एयरलाइन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन। यस्तो घटना कि त अन्य एअरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलाइन्स काम छैन’, उनले लेखेकी छन्, ‘यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलाइन्स काम छैन।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।